भदौ २६, काठमाडौं । बिहीबार रोमासँगको च्याम्पियन्स लिग खेल १-१ को बराबरीमा सकिँदा एक दर्शकले टाउकोमा पानीको बोतल प्रहार गरेपछि फेनरबाचेका प्रशिक्षक इस्माइल कार्तलले टर्कीको उक्त क्लबबाट राजीनामा दिएका छन् । तर, केही मिनेटमै क्लबका अध्यक्षले उनको राजीनामा अस्वीकार गरिदिए। साे खेल पछि ६५ वर्षीय कार्तलले पत्रकार सम्मेलनमा आफू “कहिल्यै नफर्किने गरी” बाहिरिन लागेको बताएउँदै “क्लबका लागि बाटो खुला गरिदिन” आफूले यो निर्णय लिएको उल्लेख गरेका थिए । त्यसको लगत्तै फेनरबाचेका अध्यक्ष अजिज यिल्दिरिमले पत्रकारहरूलाई कार्तल “आफ्नो भूमिकामा निरन्तर रहने” जानकारी दिएका हुन् ।

“आज साँझ खेलको क्रममा केही समर्थकहरूले प्रशिक्षकको टाउकोमा बोतल प्रहार गरे। उनी यस घटनाबाट दुःखी छन्,” यिल्दिरिमले भने, “मैले भर्खरै इस्माइल कार्तलसँग कुरा गरेँका छु, उनले बोतल प्रहारको घटनाबारे उल्लेख गरे र आफू दबाबमा रहेको गुनासो पनि गरेका थिए।”
कार्तलले आफू पदमा रहने कुरा बताएका थिए कि भनेर सोध्दा यिल्दिरिमले भने, “उनले आफू निरन्तर रहने कुरा (खुलेर) भन्नु आवश्यक छैन। म उनीभन्दा वरिष्ठ हुँ, मैले उनलाई निरन्तरता दिन भनेँ र कुरा त्यति नै हो। हामी एक परिवार हौँ।”
इस्तानबुलको उक्त क्लबले सामाजिक सञ्जालमा जनाएअनुसार कार्तलमाथि बोतल प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको छ र उसलाई रङ्गशाला प्रवेशमा रोक लगाइएको छ। यही खेलमा युइएफए च्याम्पियन्स लिगअन्तर्गत टर्कीको क्लब फेनरबाचे विरुद्धको खेलमा रोमाका खेलाडीहरूले नेपालप्रति समर्थन जनाउने सन्देश अंकित विशेष जर्सी लगाएर मैदानमा उत्रिएका थिए ।
युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार इस्तानबुलमा भएको आफ्नो पहिलो खेलका लागि रोमाका खेलाडीहरूले ‘टुगेदर फर नेपाल’ भन्ने वाक्यांश र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको लोगो अंकित जर्सी लगाएर उनीहरू मैदानमा उत्रिएका हुन । सोही खेलमा रोमाको बिपक्षी टोली फेनरबाचेका प्रशिक्षक कार्तल माथी दर्शकले बोत्तल प्रहार गरेका हुन् ।
खेलाडीका रूपमा फेनरबाचेमा एक दशक बिताएका कार्तलले सन् २०१४-१५ वाट क्लबको प्रशिक्षण सम्हालेका थिए। त्यसपछि सन् २०२१-२२ मा अन्तरिम प्रशिक्षकका रूपमा काम गरे भने २०२३-२४ मा पूर्ण कार्यकालका लागि पुनः फर्किएका हुन ।
क्लबले ‘सुपर लिग’ जित्दाका पछिल्ला दुई अवसरहरूमा उनी सहायक प्रशिक्षक थिए र जुन महिनामा उनी चौथो पटक प्रशिक्षकका रूपमा फर्किएका हुन्। फेनरबाचे टर्कीको शीर्ष लिगमा पछिल्ला पाँच सिजनमा उपविजेता बनेको छ र यस सिजन १८ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको लिग चरणमा प्रवेश गरेको छ।