• २०८३ साउन २६ गते मङ्गलवार

सुन एकैदिन तोलाको ६४ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, काठमाडौँ ।   नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ६४ सयले बढेर तोलाको ३ लाख ७ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको ३ लाख एक हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस