• २०८३ जेष्ठ २८ गते बिहिवार

सुन एकैदिन तोलाको ५ हजार एक सयले घट्यो, चाँदीमा पनि गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २८,  काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार सुनको मुल्य तोलाको ५ हजार १ सयले घटेर तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर तोलाको ४६५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४७४० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस