• २०८३ बैशाख २८ गते सोमवार

सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौं । सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेको छ । शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र रोजगारीमुखी बनाउने उद्देश्यसहित पाठ्यक्रमको पुनरावलोकन गर्ने घोषणा गरेको हो ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने घोषणा गरेका हुन् ।

त्यस्तै सरकारले माध्यमिक तहसम्म निःशुल्क शिक्षा सुनिश्चित गरिने र पुस्तक, दिवा खाजा तथा पोसाकको सहज वितरण गरिने घोषणा गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस