• २०८३ बैशाख ४ गते शुक्रवार

भरुवा बन्दुकसहित एकजना पक्राउ

रुखबाट लडेर एक जनाको मृत्यु
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिकामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा विश्वकर्मालाई एक थान भरूवा बन्दुकसहित सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङनाबाट खटिएको प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको टोलीले घर खानतलासी गर्दा उक्त बन्दुक बरामद गरेको हो ।

रुखबाट लडेर एक जनाको मृत्यु

त्यसैगरी चैनपुर नगरपालिका–७ मा रुखबाट लडेर आज एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमाघाँस काट्ने क्रममा लडेर ४० वर्षीय रामबहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीषक तथा सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो ।

आज दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पु-याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस