• २०८३ बैशाख ९ गते बुधवार

देउवालाई चन्द्र भण्डारीको आग्रह- किसुनजीको भूमिका निभाउनुस्

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवालाई आफ्नो जिद्धि छोडेर पार्टीमा विगतमा कृष्णप्रसाद भट्टराईले निभाएको भूमिका निभाउन आग्रह गरेका छन्

काँग्रेस विशेष महाधिवेशनलाई सम्बोधन गर्दै भण्डारीले किसुनजीको चेला सभापति देउवाले उहाँले गिरिजाप्रसाद कोइरालासँगको विवाद मिलाएजस्तै भूमिका खेल्न आग्रह गरेका हुन् । उनले देश र प्रजातन्त्र बचाउनुपर्ने अवस्था आएको भन्दै देशभरका काँग्रेसका कार्यकर्ताले पार्टीलाई जगाएको धारणा राखेका थिए ।

नेताहरुका आसेपासेहरुले अवसर पाएकै कारण देश अगाडी बढ्न नसकेको बताउदै भण्डारीले गलत नेतृत्वका कारण नेताहरु हेलिकप्टर चढेर भाग्नुपर्ने अवस्था आएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस