• २०८३ जेष्ठ १ गते शुक्रवार

पछिल्लो ३५ बर्षमा बाटो बिरायौं, अब युवाले नेतृत्व लिनुपर्छ- विनोद चौधरी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद विनोद चौधरीले आउने निर्वाचनमा काँग्रेसबाट ५० प्रतिशतभन्दा बढी नयाँ र युवा अनुहार देख्न जनताले चाहेको बताएका छन् ।

काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता चौधरीले पछिल्लो ३५ बर्षमा बाटो बिराएको जेनजी आन्दोलनले प्रमाणित गरेको भन्दै अब राजनीतिमा पार्टीमा युवाहरुलाई अगाडी बढाउनुपर्ने बताएका छन् ।

अब पार्टीले देशको अर्थतन्त्र र राजनीतिलाई सँगसँगै लैजानसक्ने नेतृत्व र पार्टी देख्न चाहेको भन्दै दुवै महामन्त्रीलाई यस अभियानलाई निर्णायक अवस्थामा पुर्याउन आग्रह गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस