• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सभापति देउवा र खड्कालाई विशेष महाधिवेशनमा सहभागी हुन गुरु घिमिरेको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसका नेता गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनमा सहभागि हुन आव्हान गरेका छन् ।

काँग्रेसको विशेष महाधिवेशनमा स्वागत मन्तव्य दिदै नेता घिमिरेले विशेष महाधिवेशनलाई शतप्रतिशत बनाउन आव्हान गर्दै विपी कोइराला, गणेशमान र कृष्णप्रसाद भट्टराईले देखाएको बाटोमा आउन देउवा र खड्कालाई आव्हान गरेका हुन् ।

घिमिरेले विशेष महाधिवेशनमा उपस्थित रहेका काँग्रेसका नेता कार्यकर्तालाई नजरअन्दाज नगर्न चेतावनी दिदै विशेष महाधिवेशनमा सहभागी भएर उत्सव बनाउन आग्रह गरेका छन् ।

उनले संस्थापन पक्षको दबाबका बीच विशेष महाधिवेशनमा सहभागी भएका महाधिवेशन प्रतिनिधिहरुलाई धन्वाद दिदै अब यस विशेष महाधेशनले काँग्रेसको आगामी दिशा तय गर्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस