• २०८३ बैशाख १८ गते शुक्रवार

आमाबुबाको आशीर्वाद लिएर विशेष महाधिवेशनमा आउँदै छु- गगन थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्ना आमाबाबुको आशिर्वाद लिएर विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा जान लागेको बताएका छन् । सामाजिक सञ्जालमा तसबीर पोष्ट गर्दै महामन्त्री थापाले यहाँहरूको माया अनि आमाबुबाको आशीर्वाद लिएर आउँदै गरेको उल्लेख गरेका छन् ।

संस्थापन पक्षले विरोध गरिरहेकै बेला काँग्रेसको विशेष महाधिवेशन आज र भोली भृकुटीमण्डपमा हुदैछ । यस विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधि सहभागी भएमा थापालाई सभापतिमा चयन गर्ने तयारी समेत भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस