• २०८३ बैशाख १४ गते सोमवार

सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च स्तरमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २७, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको २८ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ ।

  यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २१० रुपैयाँले बढेर तोलाको ४९९० रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४७८० रुपैयाँमा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस