• २०८३ भाद्र २५ गते बिहिवार

संस्कृत विश्वविद्यालयको रेक्टरमा रेग्मी र रजिस्ट्रारमा कट्टेल नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । सरकारले नेपाल संस्कृत विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) नियुक्त गरेको छ । शिक्षामन्त्री सस्मित पोखरेलले रेक्टरमा प्राडा जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्राडा नवराज कट्टेललाई नियुक्त गरेका हुन् ।

उक्त विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीम खतिवडा नियुक्त भएका थिए । नियुक्त तीनैजना पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन भएका हुन् । सरकाले प्राडा माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो ।

उक्त समितिले खुला प्रतिस्पर्धा गराएर तीन पदाधिकारीका लागि तीन–तीनजनाको नाम सिफारिस गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस