• २०८३ भाद्र २५ गते बिहिवार

पहिरोका कारण भेरी करिडोर अवरुद्ध, भेरी थुनिएको खबर गलत

हेमन्त केसी पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोला लगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार भेरी नदी थुनिएको वा नदीको बहाव रोकिएको भन्ने सूचना पुष्टि नभएको हो । सामाजिक सञ्जाल तथा अन्य माध्यममा भेरी थुनिएको भन्दै फैलिएको सूचनामा सत्यता नरहेको प्रहरीले स्पष्ट पारेको छ ।

गलगौडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन आवतजावतमा समस्या भएको छ । पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाइएको छ । नदि थुनिएको भन्दै रुकुम पश्चिम र जाजरकोटका स्थानीयले सतर्कता लागि घर छोडेर अग्ला डाडामा गएका कारण समस्य उत्पन्न भएको छ । प्रहरीले गलत सूचनाका पछि नलाग्न अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस