• २०८३ बैशाख १५ गते मङ्गलवार

संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २७, काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम सरकारको सिफारिशमा चैत २७ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

आजको बैठकमा राष्ट्रपतिको सम्बोधन र उपसभामुखको चयन गर्ने कार्यसूची रहेको छ । फागुन २१ गते सम्पन्न निर्वाचनपछि चैत्र १९ गतेदेखि चालु अधिवेशन बोलाइएको थियो । सरकारले छिट्टै बजेट अधिवेशन बोलाउन चालु अधिवेशन अन्त्यको सिफारिस गरेको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस