• २०८३ जेष्ठ ३१ गते आइतवार

टी-२० विश्वकप: नामिबियाविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेदरल्याण्डस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २७, काठमाडौं । जारी टी-२० विश्वकप अन्तर्गत आज पहिलो खेल नेदरल्याण्डस र नामिबियाबीच हुदैछ । भारतको दिल्लीमा हुने समुह ए अन्तर्गतको यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै नामिबियाले पहिला ब्याटिंग गर्ने भएको छ । यो नामिबियाको विश्वकपमा पहिलो खेल हो ।

नामिबियाको प्लेइङ ११ मा गेर्हार्ड इरास्मस (कप्तान), लौरन स्टिनक्याम्प, जान फ्राइलिन्क, जान निकोल लोफ्टी–इटन, जेजे स्मिट, जेन ग्रीन (विकेटकिपर), डायलन लाइचर, रुबेन ट्रम्पेलम्यान, विलेम माईबर्ग, बर्नार्ड स्कोल्ट्ज र म्याक्स हाइनगो रहेका छन् ।

त्यसैगरी नेदरल्यान्ड्सको प्लेइङ ११ मा स्कट एडवर्ड्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, म्याक्स ओ’डाउड, बास दे लिडे, कोलिन एकरम्यान, जाक लायन–क्याशे, लोगन भान बिक, रोलोफ भान डर मेरवे, आर्यन दत्त, टिम भान डर गुख्टेन र फ्रेड क्लासेन रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस