• २०८३ जेष्ठ २९ गते शुक्रवार

एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको ग्रान्ड पार्टी प्यालेस पार्टी प्यालेसमा ११औँ राष्ट्रिय महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

पहिलो केन्द्रीय कमिटीले नै दोस्रो बैठक पुस २६, २७ र २८ गतेलाई तय गरेको थियो । बैठकमा, सचिवालय बैठकका निर्णय अनुमोदन, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी, पार्टीको रणनीति र समसामयिक राजनीतिक विषय लगायतमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस