• २०८३ बैशाख ८ गते मङ्गलवार

बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारी विशेष महाधिवेशनको पक्षमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २६, काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिका पाँच पदाधिकारी विशेष महाधिवेशनको पक्षमा देखिएका छन् । बागमती प्रदेश कार्यसमितिका उपसभापति चन्द्र महर्जन र मोहन बहादुर बस्नेत, कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारी तथा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र हरिशरण श्रेष्ठले विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका हुन् ।

उनीहरुले पुष २७ र २८ मा काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनलाई उपस्थिति र सहभागिताका लागि प्रदेशका सबै महाधिवेशन प्रतिनिधि एवं काँग्रेसका अग्रज र शुभेच्छुकलाई आग्रह गरेका छन् ।

काँग्रेस विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित भएको अवस्थामा पक्षमा अहिले तीन दर्जन जिल्ला कार्यसमितिसहित प्रदेश कार्यसमितिहरुले पनि ऐक्यवद्धता जनाएका छन् । ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेको काँग्रेसका बहुमत प्रतिनिधि यस विशेष महाधिवेशनमा सहभागी हुने पक्षधरले दाबि गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस