साउन २४,झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीसहित पाँच जना घाइते भएका थिए ।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा सुखि बिवीको दिउँसो १: ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको उपचार भइरहेको छ ।
