• २०८३ बैशाख २६ गते शनिवार

आइपिएलमा दिल्लीमाथि कोलकोताको सहज जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २६, काठमाडौं । कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकोताले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १४३ रनको लक्ष्य पछाएको कोलकोताले १४.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । कोलकोताको जितमा फिन एलेनले अविजित ४७ बलमा १०० रनको शतकीय पारी खेलेका थिए भने क्यामरुन ग्रीनले ३३ रन बनाएका थिए । यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

दिल्लीका लागि पाथुम निसन्काले सर्बाधिक ५० रन बनाए भने आशुतोष शर्माले ३९ र के एल राहुलले २३ रन बनाएका थिए । त्यस्तै कोलकोताका बलर कार्तिक त्यागी र अनुकुल रोयले २-२ विकेट लिएका थिए । यो कोलकोताको यस सिजनमा लगातार चौथो जित हो ।१० खेलमा ९ अंक हासिल गरेको कोलकोता सातौं स्थानमा उक्लिएको छ ।

त्यस्तै दिल्ली क्यापिटल्सको भने यो सातौं हार हो । यो हारपछि दिल्लीको प्लेअफको सम्भावना लगभग सकिएको छ । ११ खेलमा ८ अंक रहेको दिल्ली आठौँ स्थानमा झरेको छ ।

जारी आइपिएलमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच खेल हुदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस