• २०८३ बैशाख ४ गते शुक्रवार

लेबनानमा इजरायली आक्रमणमा एकैदिन २५४ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । लेबनानमा इजरायली आक्रमणका कारण एकै दिन २५४ जनाको मृत्यु भएको छ । बुधबार इजरायली सेनाले सयौँ क्षेप्यास्त्र प्रहार गर्दा ठूलो मानवीय क्षति भएको लेबनानको नागरिक सुरक्षा निकायले जनाएको छ ।

उक्त आक्रमणमा कम्तीमा ११६५ जना घाइते भएका छन् । घटनापछि देशभर राष्ट्रिय शोक घोषणा गरिएको छ । आक्रमण बेरुत, बेक्का उपत्यका, माउन्ट लेबनान, सैदोन तथा दक्षिणी लेबनानका विभिन्न गाउँहरूमा गरिएको जनाइएको छ । यो घटना त्यही दिन भएको हो, जुन दिन अमेरिका–इजरायल र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा गरिएको थियो ।

इजरायली सेनाका अनुसार मार्च २ देखि सुरु गरिएको नयाँ सैन्य अभियानअन्तर्गत यो लेबनानमाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो । सेनाले १०० भन्दा बढी कमाण्ड केन्द्र र सैन्य अड्डालाई निशाना बनाएको दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले लेबनान उक्त युद्धविरामको हिस्सा नभएको बताएका छन् । तर मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानले भने सो युद्धविराममा लेबनान पनि समावेश रहेको दाबी गरेको छ । अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान उक्त सहमतिभन्दा बाहिर रहेको बताएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस