• २०८३ असार १८ गते बिहिवार

संखुवासभामा एमालेका अर्जुनकुमार कार्की निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, संखुवासभा । संखुवासभामा नेकपा एमालेका अर्जुनकुमार कार्की निर्वाचित भएका छन् । सोमबार साँझ सम्पन्न मतगणनामा १५ हजार ६३६ मत प्राप्त गरेर कार्की निर्वाचित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मिङमा शेर्पा १५ हजार मतसहित दोस्रो भए । नेपाली कांग्रेसका दिपनकुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेर तेस्रो स्थानमा कायम रहे ।

यस्तै श्रम संस्कृति पार्टीकी उमा कुमारी राईले ९ हजार ८५७ मत र नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले २ हजार ८१२ मत प्राप्त गरिन् ।

नवनिर्वाचित कार्की अमेरिकाका लागि नेपाली राजदूत बनेका बनिसकेका नेता हुन् । कूटनीति, विकास र नागरिक समाजको क्षेत्रमा लामो समय काम गरेको अनुभवका कारण उनलाई राजनीतिमा फरक पृष्ठभूमिबाट आएको, विकासकेन्द्रित र अन्तर्राष्ट्रिय दृष्टिकोण भएको व्यक्तित्वका रूपमा हेरिन्छ ।

६२ वर्षीय कार्की शैक्षिक रूपमा उनी बहुआयामिक पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट बीएससी पूरा गरेपछि सन् १९९० मा कृषि अर्थशास्त्रमा एमएससी तथा विज्ञान संकायमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस