• २०८३ बैशाख ११ गते शुक्रवार

समानुपातिकतर्फ राप्रपाले कटायो तीन लाख मत, कसले कति पाए ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक तर्फ ३ लाख मत कटाएको छ । प्रत्यक्षमा एक सिट मात्र जितेको राप्रपाले समानुपतिकतर्फ थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको छ । तर अब ३ लाख मत काटेपछि थ्रेस होल्डका लागि आवश्यक मत कटाउन सक्ने सम्भावना देखिएको छ । राप्रपाले अहिउलेसंम ३ लाख २ हजार ७८६ मत प्रप्त गरेकोछ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ९४ लाख ८५ हजार ६८९ मत गणना भएको छ ।

जसमा रास्वपाले ४५ लाख ८३ हजार ७७८ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.३ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १५ लाख ३९ हजार १९२ मत अर्थात १६.२ प्रतिशत मत प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १२ लाख ८२ हजार ४४४ अर्थात् १३.५ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ९१ हजार ५५५ मत प्राप्त गरेको छ । त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख २४ हजार ४९७ मत अर्थात ३.४ प्रतिशत मत पाएको छ ।

त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस