• २०८३ बैशाख ५ गते शनिवार

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि कारोबार बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २५, काठमाडौं । नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ। दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि १२ बजेर १ मिनेटमा खुलेको नेप्से ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो ।

तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ । आज नेप्से १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ ।

चुनाव अघि अलमलमा देखिएको नेप्से चुनावको नतिजामा एक दलको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि त्यसको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस