• २०८३ बैशाख ४ गते शुक्रवार

प्रधानमन्त्री कार्की समक्ष राष्ट्रसंघकी आवासीय प्रतिनिधिबाट ओहोदाको प्रमाणपत्र पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ । नेपालका लागि नियुक्त संयुक्त राष्ट्रसंघ (यूएन) की नयाँ आवासीय प्रतिनिधि (यूएनआरसी) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्की समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

प्रमाणपत्र प्रस्तुत गरेपछि याहियाले प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट समेत गरेकी थिइन् । सो अवसरमा प्रधानमन्त्री कार्कीले नेपालमा स्वागत गर्दै उनलाई नयाँ जिम्मेवारीका लागि बधाई ज्ञापन गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले नेपालको सामाजिक–आर्थिक रुपान्तरणका प्रयासमा दीर्घकालीन विकास साझेदारका रूपमा संयुक्त राष्ट्रसंघले पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेकी थिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस