• २०८३ जेष्ठ ९ गते शनिवार

नेप्सेमा २६ अंकको गिरावट, १० अर्ब ७७ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २६, काठमाडौँ । नेप्सेमा २६.०५ अंकको गिरावट आएको छ । सोमबार नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२४ कम्पनिका २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता शेयर १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ मा कारोबार भएको थियो ।

आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज खानीखोला हाइड्रोको शेयर सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ भने रिढी पावरको ९.११ प्रतिशतले बढेको छ । त्यसैगरी आज माइखोला हाइड्रोको शेयर सबैभन्दा बढी ५.४० प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको ७७ करोड १९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५४ करोड बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस