• २०८३ भाद्र २३ गते मङ्गलवार

सन्दीपको ४ विकेट, हङकङले बनायो २६१ रन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । एसीसी मेन्स प्रिमियर कपअन्तर्गत हङकङ चाइनाले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुएमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ चाइनाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।

हङकङ चाइनाका लागि बाबर हायतले अविजित ११७ रनको शतकीय पारी खेले। त्यस्तै शाहिद वासिफले ४५ तथा एहसान खानले अविजित ३५ रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट तथा शेर मल्लले ३ विकेट लिए। नेपालले यसअघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ। हङकङ चाइनाका लागि भने सेमिफाइनलमा पुग्न नेपालविरुद्धको खेल जित्नु महत्वपूर्ण रहेको छ।

अब नेपालले २६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्नेछ।

May be an image of text that says 'ACCMEN'S PREMIER cup 21128 up2028 2028 A NA NASA ISA LPIES SA SPURITIES SWNALI 3! F গেলक 理 PvO 261/7 프마'

Sharing

प्रतिक्रिया दिनुहोस