साउन २३, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनीमा ३ जना तथा गण्डकी र बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३७ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ११ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना, बागमतीमा ६ जना घाइते भएका छन् भने लुम्बिनीमा १६ जना, सुदूरपश्चिममा १० जना र कर्णालीमा ७ जना घाइते भएका छन् ।
