• २०८३ साउन २३ गते शनिवार

जिल्लाका बेथिति र सवारी साधन दुरुपयोग रोक्न रास्वपा मुगुद्वारा ध्यानाकर्षण पत्र बुझाइयो

दान बहादुर बुढा पढ्न लाग्ने समय : १ मिनेट

साउन  २३, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगु जिल्ला समितिले जिल्लामा व्याप्त विविध समस्या र बेथितिहरू समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुगुलाई राष्ट्रिय स्वतन्त्र पमटिका जिल्ला सभापति सहितको एक टोलीले ध्यानाकर्षण पत्र बुझाएको छ । शुक्रबार रास्वपाका प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीलाई भेटेर उक्त ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् ।

ध्यानाकर्षण पत्र मार्फत सरकारी सवारी साधनको भइरहेको दुरुपयोग रोक्न, प्रमुख व्यापारिक केन्द्रहरूमा बढ्दो कालोबजारी, अनियन्त्रित मूल्यवृद्धि र अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न माग गरिएको छ ।

साथै, जिल्लाभर देखिएका अन्य गैर कानुनी गतिविधि तथा बेथितिहरूको नियमित अनुगमन गरी दोषीमाथि कडा कानुनी कारबाही अघि बढाउन प्रशासनसँग जोडदार जिल्ला सभापति बिख बहादुर मल्लले माग गरिएको छ ।

जनताका दैनिक जीविकासँग जोडिएका समस्याहरूप्रति स्थानीय प्रशासन गम्भीर र संवेदनशील हुनुपर्नेमा जोड दिँदै रास्वपा मुगुका सभापति मल्लले सुशासन, पारदर्शिता र जनहितका पक्षमा आफ्नो पार्टी निरन्तर सक्रिय रहने बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले रास्वपा द्वारा उठाइएका विषयहरूलाई सकारात्मक रूपमा लिँदै कानुनी प्रक्रियाअनुसार आवश्यक पहल र कारबाही बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस