• २०८३ बैशाख २५ गते शुक्रवार

सासुको हत्या गरेको आरोपमा बुहारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५,प्यूठान । सासुको हत्या गरेको आरोपमा प्यूठानबाट बुहारी पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिका- ६ डाँडाखर्कमा २०७९ मङ्सिर १ गते ६३ बर्षिय धनी कुमारी सुनारको हत्याको अनुसन्धानको क्रममा उनकै बुहारीको संलग्नता भएको खुलेपछि पक्राउ गरिएको हो ।

प्रहरीले ३२ बर्षिय चेती सुनारलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस