वैशाख २५, चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोलाको सुख्खा पहिरो हटाएर आवागमन दुइतर्फी सुचारु गरिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शुक्रबार बिहान अवरुद्ध भएको सडक पहिरो हटाएर दुईतर्फी सुचारु भएको छ । पछिल्ला केहि दिनमा लगातार ढुंगा खसिरहेपछि सडक एकतर्फी र दुई तर्फी अवरुद्ध भइरहेको छ ।