वैशाख २५, चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोलामा फेरी सुख्खा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक दुईतर्फी अबरुद्ध भएपछि अहिले पहिरो हटाउने कार्य जारी रहेको छ र थप ढुंगा नखसेमा केहीबेरमा सडक आवागमन सुचारु हुने छ ।
पछिल्ला केहि दिनमा लगातार ढुंगा खसिरहेपछि सडक एकतर्फी र दुई तर्फी अवरुद्ध भइरहेको छ ।