• २०८२ चैत्र २५ गते बुधवार

नेप्सेमा ४५.१२ अंकको वृद्धि, ८ अर्ब ३१ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौं ।नेप्सेमा वृद्धि भएको छ । आज बुधबार नेप्से ४५.१२ अंकले बढेर २८०२.५२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४६ कम्पनिका एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ मा कारोबार भएको थियो ।

आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्पिनिग मिल्स, श्रीनगर एग्रो,सोलु हाइड्रो र होटल फोरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदी, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी स्वेत गंगा हाइड्रोको शेयर ४. ०३ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ४६ करोड ८१ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको ४२ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस