• २०८३ बैशाख २६ गते शनिवार

धनुषा- १ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४, काठमाडौं । निर्वाचन आयोगले धनुषा- १ को मत परिणाम घोषणा नगर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गरेको छ ।

आयोगले रास्वपाबाट उम्मेदार बनेका किशोरी शाहको उम्मेदवारी खारेज गरेपछि उनी सो निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । आयोगले यो विषय अदालतमा विचाराधीन रहेकाले सो विषयमा आदेश नहुदासम्म यस क्षेत्रको मत परिणाम सार्बजनिक नगर्न निर्देशन दिएको हो । योसंगै अब धनुषा-१ को मतगणनाको परिणाम तत्काल सार्बजनिक नहुने भएको छ । उम्मेदारी खारेज भएपनि सो क्षेत्रमा घन्टीमा सबैभन्दा बढी मत परेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस