• २०८३ साउन २२ गते शुक्रवार

आजको मौसमः काेशी, लुम्बिनी, गण्डकी र सुपमा मध्यम बर्षा हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

साउन २२, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशको तराईमा आंशिक बादल लागेको छ, अन्य सबै भू(भागमा साधारणतया बादल लागेको छ। हाल लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ। तराई भू(भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति भने देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावनाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशााखाले अनुरोध गरेको छ।

full-view

Sharing

प्रतिक्रिया दिनुहोस