• २०८३ बैशाख १८ गते शुक्रवार

झापा-१ : रास्वपाकी निशा डाँगी निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना सम्पन्न भएको छ । उक्त क्षेत्रमा निशा डाँगी निर्वाचित भएकी छन् ।

रास्वपाकी उम्मेदवार डाँगीले ४५ हजार ६८० मत प्राप्त गर्दै विजयी भएकी हुन् । यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित भएकी हुन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन् ।

त्यस्तै श्रमसंस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याएका छन् । एमालेका उम्मेदवार रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन् ।

यसैगरी राप्रपाका हेमराज कार्कीले १६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस