• २०८३ बैशाख ५ गते शनिवार

प्यूठानमा रास्वपाका वैदिक विजयी, सुर्य थापा तेस्रो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, प्यूठान। प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक विजयी भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा. गोविन्द राज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेका सुर्य थापाले १६ हजार ७१० मत प्राप्त गरेका छन् भने नेकपाका कृष्णद्वज खड्काले ९ हजार ७४ र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ३६४ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस