• २०८३ बैशाख ३० गते बुधवार

मतगणना अपडेट: समानुपातिकतर्फ पनि रास्वपालाई ५७ प्रतिशतभन्दा बढी मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २३, काठमाडौं । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने संकेत देखिएको छ । प्रारम्भिक मत गणनाको तथ्यांक अनुसार रास्वपाले ५७.६० प्रतिशत मत पाएको छ । ४५ हजार २६१ मत गणना हुँदा रास्वपाले २६ हजार ७२ मत पाएको छ ।

त्यस्तै नेपाली कांग्रेसले ८ हजार २३२ मत प्राप्त गरेको छ । यो गणना भएको मतमध्ये १८.१८ प्रतिशत मात्र प्राप्त गरेको छ । तेस्रो नम्बरमा राप्रपा देखिएको छ । राप्रपाले ३ हजार ५७२ मत पाएको छ । नेकपा एमाले ३ हजार ५२३ मत पाएको छ । श्रम संस्कृति पार्टीले १११२ मत पाएको छ भने नेकपाले १०५४ मत पाएको छ ।

त्यस्तै उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीको ६६७ मत प्राप्त भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस