• २०८३ जेष्ठ ५ गते मङ्गलवार

महन्थ ठाकुरले दर्ता गरे उम्मेदवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २३, काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका लागि लोसपा नेता महन्थ ठाकुरले मनोनयन दर्ता गरेका हुन् । जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर ठाकुरले काँग्रेस-एमाले र जसपा नेपालको तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा जैनुल राइन रहेका छन् भने समर्थकमा रानी शर्मा तिवारी रहेका छन् ।

ठाकुर नेतृत्वको लोसपाले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गर्ने यस अघि नै घोषणा गरिसकेको छ । सोहि अनुसार चुनावी तालमेलमा जसपा नेपालले पाएको एक सिटमा ठाकुरलाई उम्मेदवार बनाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस