असोज २०, काठमाडौं । नेपाली कांग्रेसका नेता रञ्जित कर्णले १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर कर्णले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। सोही क्रममा कर्णले उपसभापतिमा उम्मेदवारी दिएका हुन्।