• २०८३ असोज २० गते मङ्गलवार

कांग्रेसको समावेशी उपसभापतिमा सीता गुरुङको उम्मेदवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २०, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। मंगलबार राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर गुरुङले समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता भइरहेको छ। सोही क्रममा गुरुङले उपसभापति पदमा उम्मेदवारी दिएकी हुन्। गुरुङ लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। यसपटक उनले पदाधिकारीतर्फ उपसभापति पदमा दाबी प्रस्तुत गरेकी हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस