असोज २०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता भरतराज ढकालले पार्टीको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । युवा उद्यमी तथा सफल बैंकर्स ढकालले पेशागत विज्ञको क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा मंगलबार उम्मेदवारी दिएका हुन् ।

ढकाल लामो समयदेखि बालबालिका, वातावरण, सहकारी, बैंक तथा वित्तीय संस्था र कृषि क्षेत्रमा काम गर्दै आएका विज्ञको रूपमा परिचित रहेका छन् ।