• २०८३ भाद्र २१ गते आइतवार

बाढीपीडितलाइ आर्थिक सहयोग जुटाउने क्रम जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
भदौ २१ , काठमाडौं । यहाँका पालिका, विभिन्न सामाजिक सङ्घसंस्था र उद्योगपति तथा समाजसेवीले भोटेकोशी बाढीपीडितलाई आर्थिक सहयोग गर्नेक्रमलाई जारी राखेका छन् ।  वीरगञ्जका सुनचाँदी व्यवसायी तथा समाजसेवी नीरज सर्राफ ‘मुन्ना सर्राफ’ले भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि रु दुई लाख ५१ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गर्नुभएको छ ।
साउथ जोन माध्यमिक विद्यालय, वीरगन्ज–१३, राधेमाई, पर्साले बाढीपीडितका लागि रु एक लाख ५५ हजार ५५३ सहयोग गरेको छ । भारतको लभली प्रोफेसनल युनिभर्सिटी (एलपियू) ले पनि आफ्ना नेपाली विद्यार्थी र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै राहत सङ्कलन र आर्थिक सहयोग अभियान सुरु गरेको छ ।
नेपाल पुलिस स्कुल शान्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर सङ्कलन गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन् । विद्यालयमा गठित विभिन्न क्लबमा आबद्ध विद्यार्थीले कुल रु ९५ हजार ७८३ सहयोग गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस