आज वि.सं. २०८३ भदौ २१ गते आइतबार, ई.सं. २०२६ सेप्टेम्बर ०६। वर्षा ऋतु, दक्षिणायन, नेपाल संवत् ११४६, भाद्र कृष्ण पक्षको दशमी तिथि। नक्षत्र: आर्द्रा, चन्द्रमा मिथुन राशिमा, सूर्य सिंह राशिमा। योग: सिद्धि, करण: वणिज। आज नेपालमा सूर्योदय बिहान ५:४५ बजे र सूर्यास्त साँझ ०६:१७ बजे हुनेछ। आज दुर्गा भगवतीको पूजा-आराधना तथा ध्यान गर्दा शुभ फल प्राप्त हुनेछ। बिहान उदाउँदो सूर्यको दर्शन गरी माता दुर्गाको पूजा गर्दा सम्पूर्ण मनोकाङ्क्षा पूरा हुने शास्त्रमा उल्लेख छ।

मेष राशि:
विद्युतीय उपकरणको कारोबार तथा प्रयोगमा सावधानी अपनाउनुहोला। ज्ञान आर्जन हुने समय छ। दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय विशेष शुभ रहनेछ। आज तामाको कलशलाई धोएर/टोकेर दर्शन गरी दिनको सुरुवात गर्नुहोला।
शुभ रङ्ग: कलेजी, शुभ अङ्क: ३
वृष राशि:
सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। आम्दानी बढ्नेछ भने कारोबारमा सामान्य झमेला हुनसक्छ। मन प्रसन्न रहनेछ। आज गाईलाई गुलियो खानेकुरा खुवाएर दिनको शुभारम्भ गर्नुहोला।
शुभ रङ्ग: सेतो, शुभ अङ्क: १३
मिथुन राशि:
यात्राको अवसर प्राप्त हुनेछ। धार्मिक कार्यमा मन जानेछ। बिहान १२ बजेसम्मको समय अनुकूल छ। आकस्मिक धन लाभको योग छ। आज पुस्तक दान गरेमा दिन शुभ हुनेछ।
शुभ रङ्ग: हल्का नीलो, शुभ अङ्क: ४
कर्कट राशि:
स्वास्थ्यमा सामान्य गडबडी हुनसक्छ। काममा भने सफलता मिल्नेछ। सन्तान सुख प्राप्त हुनेछ। कृषि तथा पशुपालनबाट लाभ मिल्नेछ। आज चाँदीको गहना लगाउनाले शुभ फल प्राप्त हुनेछ।
शुभ रङ्ग: पहेँलो, शुभ अङ्क: ७
सिंह राशि:
पुराना मित्रसँग भेटघाटको अवसर जुर्नेछ। दिउँसो १ बजेदेखि २ बजेसम्म शुभ काम नगर्नुहोला। दाम्पत्य जीवनमा सुख रहनेछ। आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।
शुभ रङ्ग: खैरो, शुभ अङ्क: २
कन्या राशि:
धर्मप्रति आस्था बढ्नेछ। मिष्ठान्न भोजन प्राप्त हुनेछ। घरायसी समस्याले साँझतिर अलि निराशा छाउन सक्छ। खानपानमा विशेष ध्यान दिनुहोला, स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।
शुभ रङ्ग: कालो, शुभ अङ्क: ७
तुला राशि:
दम्पतीबिच विवाद बढ्नसक्छ। कार्यक्षेत्रमा भने लाभ मिल्नेछ। केही धन क्षति हुने र घमण्ड बढ्ने योग भएकाले बोलीमा संयम अपनाउनुहोला। कालो वस्तुको प्रयोग कम गर्नुहोला।
शुभ रङ्ग: रातो, शुभ अङ्क: १८
वृश्चिक राशि:
नेतृत्व लिने अवसर प्राप्त हुनेछ। दिन शुभ छ। आज नयाँ कार्यको सुरुवात वा योजना बनाउन सकिनेछ। साझेदारीको कामबाट लाभ हुनेछ। आज हरियो वस्तुको प्रयोग गर्नु शुभ रहनेछ।
शुभ रङ्ग: हल्का रातो, शुभ अङ्क: ५
धनु राशि:
पारिवारिक झमेला बढ्न सक्छ। मन केही उदास हुनेछ। गीतसङ्गीत र साहित्यमा रुचि बढ्नेछ। पितृहरूको सेवा गर्ने अवसर मिल्नेछ। आज हनुमान चालीसा पाठ गरेर दिनको सुरुवात गर्नुहोला।
शुभ रङ्ग: गुलाबी, शुभ अङ्क: १
मकर राशि:
मानसिक तनाव बढ्न सक्छ। साँझपखको समय भने शुभ छ। आफन्तबाट लाभ मिल्नेछ। काममा केही झञ्झट हुनसक्छ। आज आदित्य हृदय स्तोत्रको पाठ गरेर दिनको शुभारम्भ गर्दा शुभ हुनेछ।
शुभ रङ्ग: कालो, शुभ अङ्क: ७
कुम्भ राशि:
व्यापार तथा नोकरीमा प्रगति हुनेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ। परिवारमा भने वैचारिक मतभेद रहन सक्छ। आज गुड (गुँड/सखर) दान गरेर दिनको शुभारम्भ गर्नुहोला। रातो वस्तुको प्रयोग नगर्नुहोला।
शुभ रङ्ग: सिम्रिक, शुभ अङ्क: ११
मीन राशि:
मन शान्त रहनेछ। आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार-व्यवसायमा सफलता मिल्नेछ। आज ब्राह्मण वा कन्यालाई भोजन गराउनाले दिन शुभ रहनेछ।
शुभ रङ्ग: हल्का कालो, शुभ अङ्क: ६
(उहाँ फलित ज्योतिषविद् तथा ज्योतिष अनुसन्धानकर्ता, नेपाल ज्योतिष परिषद्का केन्द्रीय उपमहासचिवकाे जिम्मेवारीमा पनि हुनुहुन्छ)