• २०८३ मङ्सिर २ गते मङ्गलवार

रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटनापछि आगलागी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, रौतहट । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी भएको छ ।

आज बिहान करिब साढे ५ बजे अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर अकस्मात् पल्टिएपछि आगो लागेको प्रहरीले जनाएको छ ।

रौतहट प्रहरीका अनुसार दुर्घटनालगत्तै ट्याङ्करमा आगलागी भए पनि चालक सकुशल रहेका छन् । घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस