• २०८३ मङ्सिर १ गते सोमवार

ग्वार्कोमा बस पर्खालमा ठोक्कियो: एक जनाको मृत्यु, १० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । ललितपुरको ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा.२ ख ३५९० नम्बरको बस बिहीबार बिहान ग्वार्कोस्थित पुलको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । सबै घाइतेको उद्धार गरेर बीएण्डबी अस्पतालमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस