• २०८३ साउन २१ गते बिहिवार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ ।

सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ सभा समक्ष पेस गर्ने छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस