• २०८३ साउन २१ गते बिहिवार

संघीय संसदका ४ समितिका बैठक बस्दैँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, काठमाडौं । संघीय संसद अन्तर्गतका ४ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन।

जसअनुसार महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुनेछ।

अर्थ समितिको बैठक बिहान ११०० बजे बोलाइएको छ । जुन बैठकमा उपसमितिहरुबाट प्रतिवेदन पेश र छलफल हुनेछ भने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल गरिने छ।

साथै, सो बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धमा छलफल हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः०० बजेवाट सुरू हुदाँ सो बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गरिने सबन्धित समितिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस