• २०८३ असार १३ गते शनिवार

ओली – लेखकलाई थुनामुक्तको आदेश, अब म्याद नथप्न परमादेश (आदेशसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३ , काठमाडौं ।  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाको आदेश दिएको छ । न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार यस्तो आदेश दिएको हो ।

उनीहरूलाई सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका लागि चैत १४ गते प्रहरीले पक्राउ गरेको थियो । हिजोमात्रै काठमाडौं जिल्ला अदालतले ओली-लेखकलाई पाँच दिन हिरासतमै राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

उनीहरूलाई रिहाका लागि सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरिएको थियो । उक्त रिटमा सोमबार बहस सकिएसँगै सर्वोच्चले रिहाको आदेश दिएको थियो ।

May be an image of text

May be an image of text

May be an image of ticket stub and text

Sharing

प्रतिक्रिया दिनुहोस