• २०८३ असार १७ गते बुधवार

कुलमानलाई हराउदै काठमाडौँ- ३ बाट रास्वपाका पाण्डे विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । काठमाडौँ- ३ बाट रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । पाण्डेले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई ७ हजार ५८६ मत अन्तरले पराजित गरेका हुन् ।

पाण्डेले कुल १८ हजार ७५७ मत प्राप्त गरेका छन् । त्यस्तै कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा नेपाली काँग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन् भने एमालेका रामेश्वर फुयालले ३ हजार ५१६ मत प्राप्त गरेका छन् ।

यो अहिलेसम्म रास्वपाको चौथो जित हो । रास्वपाले काठमाडौँ- १, ६ र ८ मा जितिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस