• २०८३ असार ९ गते मङ्गलवार

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी २४ हजार ५९२ मत ल्याएर सांसद निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले तीन हजार २१७ मत ल्याए । उनीहरूबीचको मतान्तर २१ हजार ३७५ रह्यो । नेपाली कांग्रेसकी उमेदवार सपनाराज भण्डारी दुई हजार ८३५ मतसहित तेस्रो स्थानमा रहिन् । चौथो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार राजेश शाक्यले एक हजार ९०९ मत पाए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार नवीन शाहीले पनि एक हजार ९०९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । ०७९ सालको निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट विजयी भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस