• २०८३ जेष्ठ ६ गते बुधवार

चितवन- १ मा रास्वपाका हरि ढकालले बनाए अग्रता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । चितवन- १ मा रास्वपाका हरि ढकालले अग्रता बनाएका छन् । यसअघि पछाडी रहेका ढकालले पछिल्लो गणनापछि ३५०१ मत प्राप्त गर्दै अग्रता बनाएका हुन् । त्यस्तै एमालेका दावा दोर्जे लामाले २१०७ मत प्राप्त गरेका छन् भने राजेन्द्र बुर्लाकोटीले १७५० मत प्राप्त गरेका छन् ।

चितवन- २ मा रवि लामिछानेले १० हजार ८१४ मत प्राप्त गर्दै अग्रता बनाएका छन् भने काँग्रेसकी मिना खरेलले ३ हजार ३१९ मत प्राप्त गरेकी छन् । त्यस्तै चितवन- ३ मा रास्वपाकी सोबिता गौतमले ४ हजार ९४४ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् भने उनलाई नेकपाकी रेणु दाहालले २९६० मत प्राप्त गरेर पछयारहेकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस